दफा ३०
पुनस्र्थापना कोष
: (१) दफा २९ को उपदफा (२) बमोजिम स्थापना भएका पुनस्र्थापना केन्द्र सञ्चालन गर्नका लागि नेपाल सरकारले एक पुनस्र्थापना कोषको स्थापना गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(क१) प्रदेश सरकारबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति वा संस्थाबाट सहयोग स्वरूप प्राप्त रकम,
(ग) विदेशी व्यक्ति, संघ वा संस्थाबाट प्राप्त रकम,
(घ) स्थानीय तहबाट प्राप्त रकम,
(ङ) दफा ५५ बमोजिम भएको जरिबाना बापत प्राप्त हुने रकम,
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) पुनस्र्थापना कोषको सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।